site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अख्तियारको 'पक्षपातपूर्ण' अभियोगविरुद्ध विशेष अदालतको निर्देशनात्मक आदेश
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दामा पक्षपात गरेको भन्दै विशेष अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ ।

विशेष अदालतले रूपन्देहीको बनगाईको सरकारी जग्गा व्यक्तिको नाममा सारेर उपभोग गरिरहेकाहरूविरुद्धको मुद्दामा कैदसहित जरिवानाको फैसला गरेको छ । तर, सरकारी जग्गा व्यक्तिको नाममा गर्न सहयोग गरेका सरकारी अधिकारीको विषयमा भने अख्तियारले अनदेखा गरेको अदालतको ठहर छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश टेकनारयण कुँवर तथा न्यायाधीशहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप दाबीसँग सम्बन्धित सरकारी जग्गा व्यक्तिको नाममा निवेदन मागबिनै बढी कायम गर्ने निर्णयमा संलग्न पदाधिकारीका विषयमा अनेदेखा गरेको भन्दै पुन: अनुसन्धान गर्न अख्तियारलाई निर्देशनात्मक आदेश दिएको हो । 

अदालतबाट रूपन्देहीको खड्का बनगाईको सरकारी जग्गा कब्जा गरी उपभोग गर्नेहरूलाई कैदसहित जरिवानाको फैसला भएको छ ।

Global Ime bank

सरकारी जग्गा व्यक्तिको नामामा सारी उपभोग गरेका घनश्याम दुवे, रामराजा यादव र मुना पासिनलाई कैदसहित जरीवानाको फैसला भएको छ । बिगो ९ लाख ८३ हजार ७०० कायम गरी दामासाहीले तीनलाख २७ हजार ९०० जरिवाना र जनही तीन महिना कैद हुने फैसलामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय