site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नख्खु कारागारका ५० प्रतिशत कैदीबन्दीमा दृष्टिदोषको समस्या
Tiktok banner adTiktok banner ad

काठमाडौं । नख्खु कारागारका ५० प्रतिशत कैदीबन्दीमा दृष्टीदोषको समस्या देखिएको छ । कीर्तिपुर आँखा अस्पतालले कारागारमा गरेको चारदिने निःशुल्क आँखा शिविरमा यस्तो पाइएको हो ।

शिविरमा कारागारका ८१६ कैदीबन्दीको आँखा जाँच गरिएको थियो । तीमध्ये ४०० जनामा दृष्टिदोषको समस्या देखिएको अस्पतालकी अध्यक्ष एवं आँखारोग विशेषज्ञ डा. सविना श्रेष्ठले जानकारी दिइन् ।

परीक्षण गरिएका मध्ये नौजनामा मोतिबिन्दु भएको पाइएको थियो । १४८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।

मोतिबिन्दुको समस्या भएका नौजनाको निःशुल्क शल्यक्रिया गरिने अस्पतालका व्यवस्थापक दीपक बोहोराले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro