site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओली सर्वाधिक प्रतिभाशाली नेता : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिक प्रतिभाशाली नेताका रूपमा चित्रण गरेकी छन् । मंगलबार काठमाडौंमा ‘संसद्‌मा केपी शर्मा ओली’ नामक पुस्तक विमोचन गर्दै उनले ओली सबैका निम्ति प्रेरणा र ज्ञानको स्रोत भएको बताइन् ।

सो पुस्तकले नेपाली संसद्को इतिहास, तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका विषयमा एमालेले खेलेको भूमिका उजागर गरेको भण्डारीको भनाइ छ ।

“यस पुस्तकका नायक केपी शर्मा ओलीज्यू समकालीन राजनीतिक नेताहरूमा पृथक् पहिचान बनाउनुभएको नेता हुनुहुन्छ । सर्वाधिक प्रतिभाशाली नेताको रूपमा उच्च स्थान प्राप्त गर्न सफल उहाँ नेकपा (एमाले)को अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको व्यक्तित्व हुनुहुन्छ,” उनले भनिन्, “उहाँ राजनीतिक साथै कला, साहित्य, संस्कृति एवं धर्मदर्शन र विज्ञानलगायत विषमा समेत गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र संघर्षमय जीवनको लामो अनुभवले खारिनुभएका नेता ओली हाम्रा लागि सदैव प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro