site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले सहिदकै अवमूल्यन गर्नुभयो : शेखर कोइराला 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाटै सहिदको अवमूल्यन गर्ने कार्य भएको आरोप लगाएका छन् ।

मंगलबारदेखि सुरु ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत विराटनगरमा आयोजित कार्यक्रममा उनले प्रजातन्त्रका निम्ति बलिदान दिएका सहिदको प्रधानमन्त्रीले अवमूल्यन गरेको बताएका हुन् । तीन हजार सहिद थप्ने प्रधानमन्त्रीको घोषणाले सच्चा सहिदको अवमूल्यन भएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

“प्रधानमन्त्रीजीले तीन हजार थप सहिद थप्ने कुरा गर्नुभयो, सहिद दिवसका दिन हामीले सहिदहरूको अवमूल्यन गर्नु भएन । त्यो कुरामा ध्यान दिन आवश्यक छ,” कोइरालाले भने, “सहिदको वास्तविक परिभाषालाई अंगीकार गरी अघि बढ्दा सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ । सहिदको संख्या थप्दै गर्दा सहिदकै अपमान हुने बुझेको छु ।”

यही माघ १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले करिब तीन हजारलाई छिट्टै सहिद घोषणा गर्ने बताएका थिए ।

नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझ्न अघि बढेको पनि बताए । समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात् गर्दै सच्चिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro