site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
करिब तीन हजारलाई सहिद घोषणा गर्दै छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ज्यान गुमाएका थप तीन हजारलाई छिट्टै सहिद घोषणा गर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले माओवादी ‘जनयुद्ध’का सरकारले घोषणा गर्न बाँकी करिब तीन हजारलाई पनि छिट्टै सहिद घोषणा गरिने बताएका हुन् ।

त्यसका निम्ति मन्त्रिपरिषद्बाट निर्णय भएर राजपत्रमा प्रकाशित गर्ने कामलाई अघि बढाइएको उनले जानकारी गराए । तेस्रोपटक प्रधानमन्त्री भएपछि आफूले माओवादी जनयुद्ध र जनआन्दोलनका सहिदहरू नछुटून् भनेर विशेष ध्यान दिएको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

“यहाँ छुट भएका केही म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु– झन्डै तीन हजार छुट भएकाको सहिद घोषणाचाहिँ फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ,” उनले भने, “गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ । र, अब त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ । त्यसो गर्दा अर्को तीन हजार छुट भएका सहिदहरू पनि राष्ट्रिय सहिदमा घोषणा, दर्ता भई नै सकेको छ ।” 

प्रधानमन्त्री प्रचण्डले माओवादी ‘जनयुद्ध’मा बेपत्ता भएकाको पनि योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro