site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाल–चीन साहित्यिक अन्तर्क्रिया सम्पन्न 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले संयुक्तरूपमा ‘चिनियाँ साहित्यकारहरूको स्वागत तथा नेपाल–चीन साहित्यिक अन्तर्क्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । 

प्रज्ञा प्रतिष्ठानले जनाएअनुसार, कार्यक्रममा ‘चीन अल्पसंख्यक जातीय साहित्य अध्ययन संस्था’का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त अन्तर्क्रियामा भाग लिएको थियोे । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिष्ठानका कुलपति राईले अन्तर्क्रिया कार्यक्रमको समापनमा सम्बोधन गर्दै  अनुवादका माध्यमबाट मात्रै कुनै पनि देशको भाषा, साहित्य, संस्कृति र भूगोललाई बुझ्न सकिने बताए । उनले चिनियाँ साहित्यलाई नेपाली भाषामा र नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 

प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा)ले चिनका साहित्यकार लुसुनको लेखनीबाट आफू प्रभावित भएको चर्चा गरेका थिए । 

Global Ime bank

सो अवसरमा सदस्य सचिव डा. धनप्रसाद सुवेदी, बाबा बस्नेत, डा. कौशिला रिसाल, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली ‘अगिब’, हंसावती कुर्मी र प्राज्ञसभा सदस्य डा. बालाकृष्ण अधिकारीले धारणा राखेका थिए । 

कार्यक्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेतृत्वकर्ता चाउ यान्पियाउले चिन सरकारद्वारा अनुदानप्राप्त स्मारक र भौतिक पूर्वाधारको अवलोकनकासाथै नेपाली भाषा, साहित्य र संस्कृतिकाबारेमा बुझ्ने अवसर प्राप्त भएकोमा आफूलाई गौरवको अनुभूति भएको बताएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !