site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीजी फुड्समा आक्रमण गर्ने को हुन् ? दुई जनालाई मुद्दा चलाएर अनुसन्धान गर्दै प्रहरी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुर प्रहरीले चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क भैंसेपाटीमा आक्रमण गर्ने उद्देश्यले पुगेकामध्ये दुई जनालाई मुद्दा चलाएको छ ।

शुक्रबार बा ४ ख १०८५ नम्बरको बसमा नियोजित रुपमा १७ जना महिला र सात जना युवाहरुगरी २४ जनाको समूह फुड्स पार्क पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले पार्क तोडफोड गर्ने प्रयास गरेका थिए ।  उनीहरुलाई पछि ललितपुर प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरेको थियो । जसमध्ये दुई जनालाई मुद्दा चलाएर बाँकी २२ जनालाई भने छाडिएको ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।
नियन्त्रणमा रहेका मध्ये रिमबहादुर कुवँर र ओम कुमार श्रेष्ठ छन् ।  उनीहरुमाथि अभद्र मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए ।

यसैबीच नेपाल उद्योग परिसंघले सीजी फुड्समा आक्रमण तथा कर्मचारीमाथि हातपात गर्नेलाई कडा कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

Global Ime bank

परिसंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “सी.जी. फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । सी.जी. फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय छ । देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन परिसंघ माग गर्दछ ।”

हालको विषम परिस्थितिमा निरुत्साहित बनिरहेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन सरकारको ध्यानाकर्षण गराइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement