site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सीजी फुड्समा भएको घटनाप्रति परिसंघको ध्यानाकर्षण

काठमाडौं । सीजी फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघको ध्यानाकर्षण भएको जनाएको छ । सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनीय भएको भन्दै परिसंघले ध्यानाकर्षण भएको जनाएको छ ।

“देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन परिसंघ माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।  

हालको विषम परिस्थितिमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भीर असर पार्ने परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रूपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्बन्धित सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण हुनुपर्नेमा परिसंघले जोड दिएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro