साहित्य
मेरो देशमा केही शहीद थिए
राजतन्त्र आयो केही थपिए
प्रजातन्त्र आयो फेरि केही थपिए
गणतन्त्र पछि त झनै थपिए
र थपिएका थपियैछन्
न ती शहीदका सहादतको
कुनै मूल्य रह्यो
केही चोकतिर मुर्ति बने
कोही राजनैतिक पार्टीहरुको
बहीखातामा चढे
तिनकै बुई चढेर
राजनेताहरु धेरै अघि गए
बिचरा शहीदहरु अक्षरमै पनि
पातलो सहिद भए
शहीद फेरि सहिद भए ।
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८० ०८:४२
प्रतिक्रिया दिनुहोस्