site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इराकलाई स्तब्ध बनाउँदै जोर्डन क्वार्टरफाइनलमा

काठमाडौं । रोमाञ्चक खेलमा इराकलाई ३–२ ले हराउँदै जोर्डन एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा २–१ ले पछि परेको अवस्थ उल्ट्याउँदै जोर्डनले अन्तिम–८ मा स्थान निश्चित गर्‍यो ।

पहिलो हाफको इन्जुरी समयमा याजन अल–नैमतीले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । तर, ६८औँ मिनेटमा साद नातिकले गोल फर्काउँदै इराकलाई बराबरीमा ल्याए । त्यसको आठ मिनेटपछि नै आयुमेन हुसैनको गोलमा इराकले २–० को अग्रता बनाएको थियो । 

तर, इन्जुरी समयको अन्तिम मिनेट सम्हालिन नसक्दा सन् २००७ को च्याम्पियन स्तब्ध बन्यो । इन्जुरी समयको पाँचौँ मिनेटमा याजन अल अरबीले गोल गर्दै जोर्डनलाई खेलमा फर्काएका थिए । त्यसको दुई मिनेटपछि नै निजार अल–रासदानले गरेको गोल निर्णायक बनेपछि जोर्डनले अन्तिम–८ को यात्रा पक्का गर्‍यो ।

खेलमा दुवै टिमका समान एक खेलाडीले रातो कार्डको दर्शन गरेपछि दुवै टिम १०–१० खेलाडीमा समेटिएका थिए । ७७औँ मिनेटमा इराकका आयुमेन हुसैन र इन्जुरी समयमा जोर्डनका हम्जा अल–दार्दोउर रातो कार्डको दर्शन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro