site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अध्यादेश फिर्ता लिन एमाले कोसीको माग
Sarbottam CementSarbottam Cement

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलले प्रदेश सरकारले एकैपटक सात वटा ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिन माग गरेको छ । 

एमाले दलको कार्यालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरी अध्यादेश फिर्ता लिन माग गरेको हो । सरकारले सात वटा ऐन संशोधन गर्न अध्यादेश जारी गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले प्रदेशसभाका पदाधिकारीलाइ सवारी साधन थप्ने गरी अध्यादेश ल्याएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।  

उनले भने, “यसले गर्दा सबै दलका नेताहरूले सवारी साधन दिँदा वार्षिक २० लाख खर्च बढ्नेछ । आफू मुख्यमन्त्री रहीरहन  चोर बाटोबाट सुविधा थपेको हो ।” 

Global Ime bank

अस्पताल विकास समितिको अध्यक्ष जिल्ला समन्वय समिति नरहने गरी सरकारले आफँै नियुक्त गर्न सक्ने गरी स्वास्थ्य ऐन संशोधन गरिएको भण्डारीले बताए । 

लगानी प्राधिकरणका सीईओलाई निरन्तरता दिन स्वेच्छाचारी ढंगले सरकार अघि बढेको भण्डारीले बताए । “अध्यादेश फिर्ता नलिए केही अप्रिय कदम चाल्न बाध्य हुनेछौँ,” उनले भने ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि विशेष अधिवेशन बोलाउने वा सदन अवरुद्ध गर्नेसम्मको निर्णय लिने एमालले तयारी गरेको बताइएको छ । 

“आउने सभा सुरु गर्नुभन्दा अगाडि फिर्ता लिनुपर्छ । सभामा छलफल भएर के आवश्यकता हो भन्ने प्रस्ट भएर गर्नुपर्छ । वैधानिक र पारदर्शी ढंगले सुविधा दिनुपर्छ,” प्रमुख सचेतक भण्डारीले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC