site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रेडियो र टीभीको युगबाट अघि बढ्नुपर्छ : रघुजी पन्त

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले सार्वजनिक सेवा प्रशारण विधेयकले अहिलेको डिजिटल र न्यू मिडियालाई सम्बोधन नगरेको बताएका छन् । 

सोमबार सार्वजनिक प्रसारण विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा बोल्दै सांसद पन्तले सो कुरा बताएका हुन् ।

“रेडियो र टीभीको युगबाट हामी अघि बढ्नुपर्छ, आजभोलि टीभीको अन्तर्वार्ता युट्युबमा हेर्छन् । अहिले टीभी, रेडियो, पत्रिकाभन्दा डिजिटल मिडिया हेर्छन्,” सांसद पन्तले भने, “यो विधेयक चार वर्षअघि आएको हो, यो विधेयकले अहिलेको डिजिटल र न्यु मिडियालाई सम्बोधन गरेन । विश्वसँगै नेपालमा पनि डिजिटल मिडिया आइसक्यो ।”  

उनले आजको मिडिया र यसको चुनौती बुझेर विधेयक ल्याउन आग्रह गरे । 

"टीभी युट्युबमा हेरिन्छ । प्रिन्ट अनलाइनमा पढिन्छ । त्यसैले यसलाई रिस्टकचर गरौँ । आजको मिडिया र यसको चुनौती बुझेर विधेयक ल्याउ," उनले भने ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro