site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अस्ट्रेलिया अन्तिम–८ मा, ताजिकिस्तान पहिलोपटक क्वार्टरफाइनलमा

काठमाडौं । इन्डोनेसियाविरुद्ध ४–० को जित निकाल्दै एकपटकको च्याम्पियन अस्ट्रेलिया एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार कतारको जासिम बिन हमाद रंगशालामा अस्ट्रेलियालाई जित दिलाउन मार्टिन बोइले, क्रेग गोड्विन र ह्यारी सोटारले गोल गरे । अस्ट्रेलियाले अर्को एक गोल इन्डोनेसियाका एल्कान बागोटबाट आत्मघाती उपहार पाएको थियो ।

खेलको १२औँ मिनेटमा बागोटबाट पाएको आत्मघाती गोलबाट अस्ट्रेलियाले अग्रता बनाएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा बाइलेले गोल गर्दै अस्ट्रेलियाको अग्रता दोब्बर बनाए ।

खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गोड्विनको गोलबाट अस्ट्रेलियाले अग्रतालाई ३–० मा पुर्‍यायो । इन्ज्युरी समयमा सोटारले गोल गरेपछि अस्ट्रेलियाले ४–० को जितसहित अन्तिम–८ को यात्रा निश्चित गर्‍यो ।

ताजिकिस्तान पहिलोपटक क्वार्टरफाइनलमा
आइतबार नै भएको अर्को खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध पेनाल्टी सुटआउटमा ५–३ को जित निकाल्दै ताजिकिस्तान पहिलोपटक एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कतारको अहमेद बिन अली रंगशालामा खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट नतिजाको निर्णय भएको हो । पेनाल्टीमा यूएईबाट दोस्रो प्रहारका लागि आएका काइओ कानेडो गोल गर्न चुके । ताजिकिस्तानका पाँच खेलाडीले नै पेनाल्टीमा गोल गरे । यूएईले अन्तिम पेनाल्टी प्रहारको अवसर नै पाएन ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro