site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अध्यागमनका अधिकृतमाथि हातपात गर्ने दुई प्रहरीलाई विमानस्थलबाट हटाइने !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीमाथि हातपात गर्ने प्रहरीलाई विमानस्थलबाट हटाइने भएको छ ।

आइतबार गुनासो लिएर गृहमन्त्रीलाई भेट्न पुगेका कर्मचारीहरूसँग उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले हातपातमा उत्रिएका प्रहरी कर्मचारीहरूलाई विमानस्थलबाट हटाइने आश्वासन दिएका हुन् ।

हातपातमा संलग्न रहेको आरोप लागेका असई सञ्जय तामाङ र एक प्रहरी जवानलाई विमानस्थलबाट हटाउने तयारी गरिएको छ ।

​गृहमन्त्रीसँगको भेटमा कर्मचारीहरूले आक्रमणमा संलग्न प्रहरीलाई कारबाही नगरे देशभरका अध्यागमन सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

गृहमन्त्रीलाई सम्बोधन गरेर आइतबार जारी गरिएको विज्ञप्तिमा कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानसहितका कर्मचारीमाथि कुटपिट भएको बताएका छन् ।

 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro