site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘कांग्रेस गाउँमा जिउँदै छ महामन्त्रीज्यू’
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापा कुनै बेला टोलाएजस्तो देखिन्थे । घरी गम्भीर मुद्रामा प्रस्तुत भइरहेका थिए । बेलाबेलामा सहभागीतिर पुलुक्क हेर्थे । अनि, निहुरिएर डायरीमा फटाफट टिपोट गर्थे । कुनै बेला प्रश्नकर्ताको हाउभाउ र भावभंगीलाई एकटकले नियालेको देखिन्थ्यो । फेरि डायरीमा लेख्न थाल्थे ।

‘संवाद यात्रा’का क्रममा उनी आइतबार बिहान करिब साढे ११ बजे मोरङको कटहरी आइपुगेका थिए । स्वागत गर्न नेता–कार्यकर्ताको ठूलो पंक्ति सडकमै लामबद्ध देखिन्थ्यो । स्वागत र सम्मान थाप्दै उनी कटहरी गाउँपालिकाका कांग्रेस नेता रामकुमार कामतको आँगनतिर लम्किए ।

अतिथिका निम्ति राखिएको प्लास्टिकका कुर्सीमा नेताहरू एक लहरले बसे । खासै औपचारिकता भएन । उपस्थित स्थानीय नेता–कार्यकर्ता र सर्वसाधारणले प्रश्न गर्न सुरु गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

cfm-1706448356.jpg
महिला बसेको स्थानबाट एक्कासि आवाज सुनियो, “माइक हमरा दिय ।” आक्रोशित भावमा प्रश्नकर्ताले सोधिन्, “महामन्त्रीज्यू, यो गठबन्धन किन गरिरहेको ?”

“गठबन्धनकै कारण मेरो श्रीमान्ले अर्कै पार्टी रोज्नुभयो, तर म २० वर्षदेखि कांग्रेसमै छु,” सहनीले भनिन्, “गठबन्धनले गर्दा कांग्रेस हार्छ, माओवादी जित्छ किन ?” जितेर गएका आफ्नै पार्टीका पालिका प्रमुखले नमस्कारसम्म फर्काउन छाडेको उनले सुनाइन् ।

Global Ime bank

दिगमलाल कामतले पनि गठबन्धनसँग सम्बन्धित प्रश्न नै तेर्स्याए । उनले भने, “कांग्रेस गाउँमा जिउँदै छ महामन्त्रीज्यू, यही सन्देश लिएर जानुहोस् । तर, गाउँ सुधार्न जिल्ला सुधार्नुहोस्, क्षेत्र सुधार्नुहोस् । त्यसभन्दा पहिले केन्द्र सुध्रानुहोस् ।”

awefmg-1706448418.jpg
सन्तनु रेग्मीले कांग्रेसीको चरित्रबारे बताए । नेताले जनता खोज्दै आउने परिपाटी भत्किएर अहिले जनताले खोज्दै नेताको घरघर धाउनुपर्ने अवस्था सिर्जना भएको उनले सुनाए । “कांग्रेसभित्र पञ्चायतको पुनरावृत्ति भइरहेको छ,” उनले भने ।

सहभागीले कांग्रेस सरकारमा भएको जनताले महसुस गर्न नसकेको गुनासो गरे । मन्त्री र सांसद आफ्नो क्षेत्रको जस्तो मात्र भएको उनीहरूको भनाइ थियो ।

कार्यक्रमबारे केन्द्रीय सदस्यलाई समेत औपचारिक जानकारी नगराइएको भन्दै संवाद यात्रा ‘महामन्त्री थापाको व्यक्तिगत मात्र हो वा पार्टीको ?’ भन्दै प्रश्न गरिएको थियो ।

कटहरी गाउँपालिका–३ का हुलाई पासवानले भने, “धेरैपटक कांग्रेस सरकारमा गयो, अहिले पनि छ । तर, हामीजस्ता दलितको लागि कामै भएन ।”

ewf-1706448483.jpg
ग्रामथान गाउँपालिकाकी सुमन चौधरीले पार्टीमा महिला समावेशिताको कुरा उठाइने गरे पनि अवसरमा पछि पारिने गरेको बताइन् । सोही पालिकाका गोपालप्रसाद न्यौपानेले गठबन्धनका नाममा आफूहरूले अरू दलको ‘पेलाइ खेप्नुपरेको’ गुनासो गरे ।

सहभागीले मोरङ र झापाको विकासको आधार मानिएको हुलाकीमार्गको काम चाँडै सक्न, बथनाहा–विराटनगर रेल्वे निर्माण पूरा गर्न, ग्रामीण कृषि उत्पादनमा आधारित लघुउद्यम विकासमा पहल गर्न, पार्टीभित्रको गुटबन्दी अन्त्य गराउन र कांग्रेसलाई तलैबाट चलायमान गराई एक्लै निर्वाचनमा लड्न सक्ने हैसियतमा फर्काउन भन्दै थापाको ध्यानाकर्षण गराए ।

qfmdg-1706448556.jpg
प्रश्नबारे थापाले ‘सबै जिज्ञासा समाधान गर्ने गरी सरकार र पार्टीसमक्ष पुर्‍याउने’ आश्वासन दिए । गौरीगन्ज र रतुवामाई जोड्ने रतुवाखोलामाथिको पुल, हुलाकीमार्ग, बथनाहा–विराटनर रेल्वे लाइनका विषयमा गहन रूपमा सरकारको ध्यानाकर्षण गराउने उनले प्रतिबद्धता जनाए ।

“विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्न पनि ढंग नपुगेको देखिन्छ । यही हुलाकीमार्ग कतै चार लेन कतै दुई लेन देखेँ,” महामन्त्री थापाले भने, “समय बढ्दा लागत पनि बढेको छ । अब विकास फास्ट ट्रयाकबाट टुंग्याउनुपर्छ । कानुनी अड्चन भए समाधान खोजिनुपर्छ ।”

बोल्नेभन्दा पनि धेरै कुरा र विषय सुन्न संवाद यात्रामा निस्किएको उनले बताए । संवाद यात्रा शनिबार झापाको भद्रपुरबाट थालिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC