site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारतसँगको विद्युत् खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सांसदको माग

काठमाडौं । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत प्रतिपक्ष दलहरूले भारतसँग हालै गरिएको विद्युत् खरिद सम्झौता तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायत सांसदहरूले सो सम्झौताको प्रति तत्काल संसदीय समितिमा पेस गर्न माग गरेका हुन् । बर्तौैलाले सम्झौताको प्रति तत्काल समितिमा पेस गर्न दिइएको निर्देशन सरकारले अटेर गरेको भन्दै आपत्ति जनाए ।

Dabur Nepal
NIC Asia

उनले संसदीय समितिले दिएको निर्देशन सरकारले पालना नगर्ने विषय कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिए । सम्झौताको प्रति तत्काल समितिमा उपलब्ध गराउन ढिलाइ नगर्न उनले सरकारलाई सचेत गराए ।

“हामीले निर्देश गरेबमोजिमको सम्झौताको कपीहरू हामीले पाउनुपर्दथ्यो । त्यसकारण अहिलेसम्म त्यो नहुने कुरा, संसदीय समितिलाई सरकारले यसप्रकारले अनदेखा गर्ने, हेप्ने, संसदीय समितिको निर्देशनलाई नमान्ने,” उनले भने, “यो कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । त्यसकारण संसद्को समितिले गरेको निर्देशनलाई अस्वीकार गर्ने यो सरकारको जे रबैया छ, त्यो खेदजनक छ ।” 

रास्वपाका प्रमुख सचेतक परियारले संसदीय समितिले दिएको निर्देशन अवमूल्यन गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराए । उनले सो सम्झौताको प्रति तत्काल उपलब्ध गराउन सरकारलाई फेरि ‘रुलिङ’ गर्न पनि समितिका सभापतिलाई सुझाव दिए ।

संसद् नभएको बेला जनतालाई जानकारी गराउन पनि त्यस्ता खालका सम्झौता सरकारले संसदीय समितिमा पेस गर्नैपर्ने उनको भनाइ थियो ।

प्रमुख सचेतक परियारले कानुन समितिको क्षेत्राधिकारभित्र पर्ने सो सम्झौताको प्रतिलिपि सरकारले समितिमा तत्काल बुझाउनुपर्ने बताए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro