site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जो कोहीले एसिड पाउनु हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोही व्यक्तिले एसिड प्राप्त गर्न नसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाका पीडा एवं जीवनकथालाई समेटर निर्माण गर्न लागिएको चलचित्र ‘नमेटिने घाउ’को घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले एसिड परिभाषित रूपमा मात्र प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । प्रशासनिक सजगताबिना एसिडको उपलब्धता हुनु नहुने उनले उल्लेख गरे ।

के प्रयोजन, कुन मात्रामा किनेको हो, कति प्रयोग भयो, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका कडाइ र व्यवस्थित गरेर मात्र एसिड बिक्री–वितरण गर्ने प्रावधान लागु गर्न आवश्यक रहेको उनले औँल्याए । यसबारेमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षण गराउने उनले प्रतिबद्धता जनाए ।

घटना हुन नदिन सरकारले समयमा नै आवश्यक कदम चाल्नुपर्ने उनले बताए । “...कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री–वितरण गर्ने वा एसिडको आवश्यकता पर्नेहरूलाई मात्रै उपलब्ध गराउने त्यो खालको परिपाटी विकास गर्नैपर्छ,” उनले भने, “जोसुकैले जहाँसुकै एसिड प्राप्त गर्न नसकोस् । उपलब्धै नहोस् । परिभाषित ढंगले मात्रै उपलब्ध होस् ।”

अध्यक्ष ओलीले एसिड आक्रमणकारीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताए । अरू कुनै सजाय दिन सकिनेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro