site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
शीर्ष स्थानमा उक्लियो रियाल मड्रिड
Sarbottam CementSarbottam Cement

काठमाडौं । लास पाल्मासविरुद्ध २–१ को कठिन जित निकाल्दै रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति पाल्मासको मैदान स्टाडियो डे ग्रान कानारियामा सम्पन्न खेलमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ५३औँ मिनेटमा जाभी मुनोजले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । तर, पाल्मासको अग्रता लामो समय टिक्न सकेन । त्यसको १० मिनेटपछि नै भिनिसियस जुनियरले गोल गर्दै रियाललाई खेलमा फर्काए ।

यस्तै, खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा औरेलिएन चुवामेनीले गोल गर्दै रियाललाई २–१ को अग्रतामा राखेका थिए । यही गोल निर्णायक बन्दा रियाल तीन अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

Global Ime bank

जितसँगै २१ खेलबाट रियालले ५४ अंक जोडेको छ । रियाल दोस्रो स्थानको जिरुनाभन्दा दुई अंकले अगाडी छ । जिरुनाले समान खेलबाट ५२ अंक जोडेको छ । यस्तै, चिर–प्रतिद्वन्दी बार्सिलोना भने रियालभन्दा १० अंकले पछि छ । तालिकाको तेस्रो स्थानमा रहेको बार्सिलोनाले २१ खेलबाट ४४ अंक जोडेको छ ।

तालिकाको नवौँ स्थानमा रहेको पाल्मासले भने २२ खेलबाट ३१ अंक जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement