site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालगन्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित
सर्लाहीमा हुस्सुको दृश्य । फाइल तस्बिर : रासस ।

नेपालगन्ज । नेपालगन्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ । शीतलहर र बाक्लो हुस्सुका कारण भिजिबिलिटी नहुँदा शनिबार सो  विमानस्थलबाट हुने कुनै पनि उडान नभएको नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए ।

प्रमुख खनालले नेपालगन्ज विमानस्थलबाट पहाडी जिल्ला हुम्ला, बाजुरा र रारा जाने समिट र तारा एयरलाइन्सका ६ विमानको उडान नभएको उल्लेख गरे । यस्तै, काठमाडौं जाने श्री एयरलाइन्सका दुई, यती एयरलाइन्सको एक र बुद्ध एयरलाइन्सका ६ उडान नभएको उनले बताए । यसबाहेक श्री एयरलाइन्सको ‘माउन्टेन फ्लाइट’ पनि भएन ।

Dabur Nepal
NIC Asia

बाक्लो हुस्सु र शीतलहरका कारण यहाँको जनजीवन प्रभावित भएको छ । नेपालगन्जमा स्थानीयले विभिन्न चोकमा दाउरा बालेर आगो तापेको दृश्य जतासुकै देख्न पाइन्छ ।

केही साताअघि चिसो बढेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक रूपमा आगो ताप्न दाउरा वितरण गरेको थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  २२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro