site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
संखुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर
मनाङमा हिमपातको दृश्य । फाइल तस्बिर ।

संखुवासभा । संखुवासभाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन प्रभावित भएको छ । शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ ।

उच्च हिमाली भागमा बाक्लो हिमपात भएकाले जनजीवन कष्टकर बनेको छ । हिमपातले उत्तरी क्षेत्रका किमाथांका नाका, मकालु आधारशिविर, तीनजुरे, गुफापोखरी, मंगलबारेका डाँडाकाँडा सेताम्मै भएका छन् ।

Dabur Nepal
NIC Asia

अहिले पनि त्यस क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ । हिउँ परेपछि उच्च हिमाली क्षेत्रमा चिसो अत्यधिक बढेको छ ।

चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका छन् । आमसर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  २०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro