site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सकियो ‘डिग्री माइला’को छायांकन

काठमाडौं । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को छायांकन सकिएको छ । छायांकन ४५ दिनमा रुम्जाटारमा सकिएको हो ।

ओखलढुंगाको रुम्जाटारबाट पहिलो चरणको छायांकन असोज १ गतेदेखि सुरु गरिएको थियो । 

दोस्रो चरणको छायांकन काठमाडौंबाट सुरु गर्दै ओखलढुंगाको रुम्जाटार पुगेर सकिएको हो । बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा भन्छ । 

चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।

सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । चलचित्र आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १०:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro