site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थापनाको १५ वर्षमा ईसेवाले ल्यायो १५ अफर, ‘सुपर एप’ बन्ने लक्ष्य
Tiktok banner adTiktok banner ad

काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा विभिन्न १५ किसिमका अफर ल्याएको छ ।

वार्षिकोत्सवको अवसरमा ईसेवाले आमग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ । 

कम्पनीले नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा संस्करण र सन् २०१० को जनवरी २५ बाट सेवा सुरु गरेको बताएको छ ।

नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्दै १५ वर्ष पुरा गरी १६औँ वर्षमा प्रवेश गरेको कम्पनीले जनाएको छ ।

यस अवसरमा ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, “हामीलाई यो अवस्थामा आउन सहयोग गर्नुहुने आम ईसेवा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, पाटनर्स बैंक, नियामक निकाय, कर्मचारी साथी, प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु । हामीले आगामी दिनमा ईसेवाको मोबाइल एप्स्लाई आम मानिसको हरेक क्रियाकलापमा साथ दिएर सुपर एप्स्को रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ । मलाई आशा छ, डिजिटल नेपालको यो यात्रामा आम नेपालीले साथ दिनुहुनेछ ।”

कम्पनीले आफ्ना प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको जनाएको छ । करिब दुई करोड जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेको कम्पनीको भनाइ छ ।

हाल देशभर करिब दुई लाख ३० हजारको संख्यामा ईसेवा एजेन्ट छन् । ईसेवाले केन्द्रीय कार्यालयसहित सातै प्रदेशबाट सेवा दिइरहेको जनाएको छ । 

१५औँ वार्षिकोत्सवमा १५ अफर
ईसेवाले आफ्नो १५औँ वार्षिक उत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्वजनिक गरेको छ । 

अफर माघ ११ (जनवरी २५) देखि माघ २५ (फेब्रुअरी ८) सञ्चालनमा रहने कम्पनीले जनाएको छ । अफर अन्तर्गत इसेवा मार्फत कुनैपनि कारोबार गर्ने एकजनाले आइफोन १५ जित्न सक्नेछन् । 

एयरलाइन्स् टिकट काट्ने १५ जनाले १५ सय १५  रुपैयाँमा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् । ईसेवा केयर खरिद गर्ने मध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् ।

यस्तै, ईसेवाबाट होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउन सक्नेछन् । मोबाइल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले १५० रुपैयाँसम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीनजनाले पाँच हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro