site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘आर्यघाटमा जाने बेलासम्म सत्तामा बस्ने प्रवृत्ति’

काठमाडौं । भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले राष्ट्रले भारतको ‘छिमेकी पहिले नीति’बाट फाइदा लिन नसकेको बताएका छन् ।

भारतको ७५औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भारतले आर्थिक विकासमा फड्को मारेको उल्लेख गरे । नेपालले त्यसको फाइदा लिन नसकेको उनले बताए ।

Dabur Nepal
NIC Asia

नेपालमा अहिले आर्यघाटमा जाने बेलासम्म सत्तामा बस्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसलाई त्याग्नुपर्नेमा जोड दिए । उनले सरकारका तर्फबाट भ्रष्टाचारविरुद्ध राम्रो काम भएको बताए । गहिराइमा गएर विषयको छानबिन गर्न उनले आग्रह गरे ।

उपाध्यायले नेपालमा समस्या भएको उल्लेख गर्दै कसरी समाधान गर्ने भन्नेतर्फ सोच्नुपर्ने बेला आएको टिप्पणी गरे ।

यस्तै, नेकपा (एमाले)का नेता डा. राजन भट्टराईले आधुनिक नेपालको राजनीतिक आन्दोलनको जग भारतको स्वतन्त्रतासँग जोडिएको बताए । नेपालका दुई छिमेकी मुलुक अहिले तीव्र समृद्धिको बाटोमा रहेका भन्दै उनले ती देशबाट सिक्न आवश्यक रहेकामा जोड दिए ।

उनले समृद्धि र विकासका निम्ति संविधान र व्यवस्था, वातावरण, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति बाधक नरहँदा पनि मुलुकले गति लिन नसकेको टिप्पणी गरे । वर्तमान सरकार अल्मलिरहेको उनको भनाइ छ । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro