site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सडक निर्माण योजनामा अनियमितता, भुक्तानी लिने/दिनेविरुद्ध मुद्दा दायर

काठमाडौं । डोल्पामा सडक निर्माण योजनामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । नगरेको कामको भुक्तानी लिए/दिएको आरोपमा संलग्नहरूविरुद्ध विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर भएको हो ।  

सरकारी कर्मचारी, वडाका पदाधिकारी र उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा सडक निर्माणमा नगरेको कामको भुक्तानी लिए/दिएको अख्तियारको ठहर छ । तिनीहरूले मिलेमतोमा १० लाख ९७ हजार ८५२ रुपैयाँ भ्रष्टाचार गरेको दाबी आयोगको छ ।

मुड्केचुला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब–इन्जिनियर दीपनारायण यादवलाई आयोगले अभियुक्त बनाएको छ । त्यसअतिरिक्त गाउँपालिका–८ का तत्कालीन कार्यबाहक वडाध्यक्ष धनबहादुर रोकाय, कार्यपालिका सदस्य रामकुमार नेपाली, वडा प्राविधिक इशारा बुढा, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रोकाय र कोषाध्यक्ष निर्मला रोकायलाई पनि अभियुक्त बनाइएको छ ।

आयोगले उनीहरूविरुद्ध घुम्चो खेलादेखि महादेवसम्म सडक निर्माणमा भएका काम लुकाउँदै नभएका कामको गलत प्रतिवेदन बनाउँदै भुक्तानीका निम्ति सिफारिस गर्नेदेखि स्वीकृति गर्नेसम्मलाई अभियुक्त बनाएको हो ।

आयोगका अनुसार, उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भएअनुरुपको काम नगरेको र गरेको कामलाई बढी गरेको भनी प्राविधिक मूल्यांकनसहितको नापी किताबमा प्रमणित गरी भुक्तानी दिए/लिएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro