site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एएफसी एसियन कपमा जितविहीन बन्यो भारत
Tiktok banner adTiktok banner ad

काठमाडौं । कतारमा जारी एएफसी एसियन कपमा इगर स्टिमाकको प्रशिक्षणमा रहेको भारत जितविहीन बनेको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा सिरियासँग १–० ले पराजित भएपछि भारत जितविहीन घर फर्किने भएको हो ।

कतारको अल बायत रंगशालामा भएको खेलमा सिरियालाई जित दिलाउन ओमार ख्रिबिनले गरेको गोल निर्णायक बन्यो । ख्रिबिनले ७६औँ मिनेटमा गोल गर्दै सिरियालाई अग्रतामा राखेका थिए ।

जितसँगै समूह ‘बी’ मा सिरियाले तीन अंक जोड्दा भारत भने अंकविहीन पुछारमा रह्यो । 

यस समूहबाट अस्ट्रेलियाले विजेता र उज्वेकिस्तानले उपविजेताको रूपमा अन्तिम–१६ को यात्रा तय गरे । मंगलबारै भएको खेलमा अस्ट्रेलियालाई १–१ को बराबरीमा रोक्दै उज्वेकिस्तानले पाँच अंकसहित समूहमा दोस्रो स्थान हासिल गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro