site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन विद्यालयलाई माछापुच्छ्रे बैंकको सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ ।

बैंकले कर्णाली प्रदेशको सुर्खेतस्थित शारदा नगरपालिका–१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न भएको छ । 

यस्तै, सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिका–६, बडेहाँस्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

त्यसैगरी बैंकले वाग्मती प्रदेशको काठमाडौं महानगरपालिका–४ स्थितमा रहेको पञ्चकन्या आधारभुत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भएपछि बैंकले विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro