site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगन थापा ‘संवाद यात्रा’मा निस्किँदै, भद्रपुरबाट सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ‘संवाद यात्रा’मा निस्कने भएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री थापा संवाद यात्रा लिएर वडा तहसम्म पुग्न लागेका हुन् ।

“संवाद यात्रा । अब तपाईंसँग मेरो भेट तपाईंकै गाउँमा, तपाईंकै ठाउँमा,” उनले मंगलबार सामाजिक सञ्जालमार्फत भनेका छन् ।

थापाले 'समुदायसँग कांग्रेस' अभियानको अवसरमा संवाद यात्रा गर्ने तयारी भएको बताए । उनका अनुसार संवाद यात्रा माघ १३ गते झापाको भद्रपुर–५ मेचीपुलबाट सुरु हुने छ ।

“समुदायमा कांग्रेस अभियान अन्तर्गत म माघ १३ गते भद्रपुर वडा नम्बर ५ मेचीपुल भन्सारबाट तपाईंसँगको संवाद यात्रामा हुने छु,” उनले भने ।

कांग्रेसले पहिलो चरणको समुदायमा कांग्रेस अभियान अन्तर्गत माघ २६ सम्मको कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । दोस्रो चरणको कार्यक्रम पार्टी महासमिति बैठकपछि हुने कांग्रेसले जानकारी दिएको छ । 

पार्टीले पाँच महत्त्वपूर्ण उद्देश्य राखेर अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro