site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
क्षेत्री–बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बन्यो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले क्षेत्री–बाहुनका कारण नेपाल धर्म निरपेक्ष राष्ट्र बनेको आरोप लगाएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित नीलप्रसाद भण्डारी स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई धर्म निरपेक्ष बनाउन राजनीतिक दलभन्दा बढी दोषी बाहुन–क्षेत्री र हिन्दु भन्नेहरू नै रहेको जिकिर गरे ।

Dabur Nepal
NIC Asia

"नेपाललाई धर्म निरपेक्ष बनाउन जति पार्टी र नेताहरू दोषी छन्, जति विदेशीहरू दोषी छन्, त्यो भन्दा हामी हिन्दु हौँ भनेर ती पार्टीहरूलाई भोट दिने तपाईंहरूको हात कम दोषी छैन । जबसम्म मत परिवर्तन गनुहुन्न, सच्याउनु हुन्न तबसम्म यो फगत नारामात्रै हुन्छ । वास्तवमा यो देशमा धर्म निरपेक्ष आउनुमा कांग्रेस, कम्युनिस्ट, यी अरू पार्टी कसैलाई दोष दिनु भन्दा पनि क्षेत्री बाहुनको हात दोषी छ," उनले भने ।

उनले मत नसच्याएसम्म हिन्दु राष्ट्र, हिन्दु धर्म र हिन्दु अधिराज्यको माला जपेर मात्रै हिन्दु राज्य नबन्ने बताए । धर्मविहीन राष्ट्रियता र राजनीति हुन नसक्ने उनको भनाइ छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro