site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो, ४७ बेपत्ता
तस्बिर : सिन्ह्वा ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा सोमबार पहिरो जाँदा मृत्यु हुनेको संख्या ११ पुगेको स्थानीय अधिकारीले मंगलबार बिहान जानकारी दिएका छन् ।

झाओटोङ सहरको लिआङ्शान गाउँमा सोमबार बिहान ६ बजे पहिरो खस्दा ४७ जना बेपत्ता भएका छन् । सोमबार राति १० बजेसम्म ११ जनाको मृत्यु भएको स्थानीय प्रकोप राहत मुख्यालयले जनाएको छ ।

घटनास्थलमा एक हजारभन्दा बढी उद्धारकर्मीले खोजी तथा उद्धार कार्य गरिरहेका छन् । विज्ञ समूहको प्रारम्भिक अनुसन्धानमा ढलानमाथिको ठाडो भीरको क्षेत्रमा पहिरो खसेका कारण विपद् भएको देखिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement