site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा निर्वाचन : आज रातिदेखि ‘मौन अवधि’

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) आज राति १२ बजेदेखि लागु हुने भएको छ ।

सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बाह्रखरीसित बताए ।

Argakhachi Cement Island Ad

यो अवधिमा उमेदवारका पक्ष/विपक्षमा प्रचार गर्न पाइँदैन । कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला–गोष्ठीलगायत कार्य गर्न नपाइने आयोगले जनाएको छ ।

राष्ट्रियसभाको रिक्त १९ पदका निम्ति यही माघ ११ गते निर्वाचन हुँदै छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्