site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बेनी–जोमसोम सडकखण्डको भिरकाटेमा सुरुङमार्ग बनाइने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन बेनी–जोमसोम–कोरला सडकको पोखरेबगर, भिरकाटेमा सुरुङमार्ग (टनेल) निर्माण गरिने भएको छ ।

गण्डकी प्रदेशको प्रमुख आयोजनाअन्तर्गतको उक्त सडकले उत्तरमा चीन र दक्षिणमा भारत जोड्छ । अन्नपूर्ण गाउँपालिका–६, भिरकाटेमा कालीगण्डकी नदीको कटानका कारण सडक साँघुरो भएकाले दुई लेनको सुरुङमार्ग बनाउन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पत्र पठाइएको बेनी–जोमसोम सडकका आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार सुरुङमार्ग निर्माणका निमित ‘कन्टेन्जेन्सी’ खर्च कटाएर झन्डै ९० करोड रुपैयाँको लागत अनुमानसहित स्वीकृतिका निम्ति मन्त्रालयमा पत्र पठाइएको हो । कालीगण्डकीको कटानले साँघुरो बनेपछि नियमित सडक सञ्चालनमा कठिन देखिएकाले ३८४ मिटर लामो सुरुङ बनाउन डिजाइनसहित फाइल तयार गरी स्वीकृतिका लागि पठाइएको आयोजना प्रमुख झाले जानकारी दिए ।

“सुरुङबाहेक अर्को विकल्प छैन । सडकको सुरक्षाका लागि सडकको पुरानो बाटो परिवर्तन गरी सुरुङमार्गको डिजाइन गरिएको छ,” उनले भने ।

Global Ime bank

नियमित यातायात सञ्चालनका निम्ति अहिले उक्त सडकखण्डको भिरकोटमा ढुंगा राखेर डाइभर्सन गरिएको छ । कालीगण्डकीको कटानका कारण सडकको बेस समेत नरहेपछि उक्त खण्डमा यातायात सञ्चालन गर्न समस्या हुँदै आएको छ ।

अत्यन्तै जोखिमपूर्ण मानिएको उक्त खण्डको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अनुगमन गरी थप प्रक्रियाका बारेमा चासो देखाएका थिए  । “कालीगण्डकी करिडोरमा दिगो र सुरक्षित संरचना बनाउन सरकार सकारात्मक छ । बर्सेनि प्राकृतिक विपत्तिले क्षति पुग्ने सडकखण्डमा डिजाइन परिवर्तन गर्नुपर्छ,” उनले भने ।

बेनी–जोमसोम–कोरला सडकमध्ये म्याग्दीखण्डको बेनीदेखि घाँसासम्म पहिरोले क्षति पुग्न सक्ने भएकाले सुरुङबाहेक अरू विकल्पबारे थप अध्ययन भइरहेको आयोजना प्रमुख झाले जानकारी दिए ।

वि.सं. २०७४ सालमा बेनी–जोमसोम सडक बनाउन सात अर्ब २७ करोडमा ठेक्का सम्झौता गरिएको थियो । १८६ किमि दूरीको उक्त सडक आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुंगादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हँुदै कोरला नाकासम्म पर्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय