site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्नपूर्ण आरसीटीले ग्रासरुट फुटबल प्रशिक्षण गराउँदै 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरको सहयोगमा अन्नपूर्ण आरसीटीले ग्रासरुट फुटबल प्रशिक्षणको आयोजना गर्ने भएको छ । 

अर्को सातादेखि सुरु हुने यस प्रशिक्षण कार्यक्रम कम्तीमा ६ महिना चल्नेछ । प्रशिक्षण प्रत्येक शनिबार र बिदाका दिन सञ्चालन हुनेछ । यसमा आठ देखि १४ वर्षसम्मका बालबालिकाले भाग लिन सक्नेछन् । 

यस प्रशिक्षकमा १०० जनाको सहभागिता रहने छ । प्रशिक्षक एनसेल फुटबल मैदान लैनचौर र बाँसबारी खेल मैदान बाँसबारी गरी दुई स्थानमा हुनेछ । 

“हाम्रो उद्देश्य फुटबल खेलाडी उत्पादन गर्नु नै हो । कुनै पनि देशमा फुटबल विकासका लागि ग्रासरुट स्तरको प्रशिक्षणको ठूलो महत्त्व हुने सबैलाई थाहा नै छ,” अन्नपूर्ण आरसीटीका अध्यक्ष सुरेशकाजी शाक्यले भने, “नेपाली फुटबलमा काठमाडौं उपत्यकाका खेलाडी उपस्थिति कम हुन थालेकोमा यो ट्रेनिङले त्यसको पूर्तिका लागि मद्दत गर्ने विश्वास छ । यस प्रशिक्षणले भविष्यमा नेपाली फुटबलकै लागि अब्बल दर्जाका खेलाडी उत्पादन गर्न मद्दत पुग्ने पनि विश्वास गरेका छौँ ।” 

प्रशिक्षण कार्यक्रमको नेतृत्व वरिष्ठ प्रशिक्षक विराटकृष्ण श्रेष्ठले गर्नेछन् । यस्तै उनको प्रशिक्षण समूहमा हरिओमन श्रेष्ठ, चेतनारायण श्रेष्ठ, अर्जुन लामा, प्रकाश वैद्य, सुरेश शाही र डामोदर शिल्पकार पनि रहनेछन् ।

प्रशिक्षणमा सहभागी हुनेको बिमा पनि गरिने छ । घरेलु नेपाली फुटबलका सबैभन्दा सफल र लामो इतिहास भएको अन्नपूर्ण आरसीटीले औपचारिक रूपमा ग्रासरुट प्रशिक्षणको आयोजना गर्न लागेको यो पहिलो पटक हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro