site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीवाईडी सिल नेपालमा : यस्तो छ फिचर र मूल्य

काठमाडौं । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले निकै प्रतिक्षित गाडी बीवाईडी सिल नेपाल भित्र्याएको छ । 

विशेष सुविधा, प्रविधि र पर्फर्मेन्सले विद्युतीय गाडी (ईभी)को बजारमा बीवाईडी सिलले क्रान्ति ल्याउने कम्पनीको दाबी छ ।

कस्तो छ गाडी
बीवाईडी सिलमा दुई किसिमका ब्लेड ब्याट्री प्याक रहेका छन् । जुन ६१.४४ किलोवाट क्षमताको र ८२.५६ किलोवाट क्षमताका छन् ।

गाडीको रेन्ज ५७० किलोमिटर रहेको छ । गाडीलाई ३० मिनेटमा नै ३० प्रतिशतदेखि ८० चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

बीवाईडी सिलको ८ इन १ इलेक्ट्रिक पावरट्रेनले रियर–व्हील–ड्राइभ संस्करणमा १५० किलोवाट र २३० किलोवाटको पावर दिन्छ ।

अल–व्हील–ड्राइभ संस्करणमामा ३९० किलोवाट क्षमताको मोटर पावर आउटपुट दिने कम्पनीले जनाएको छ ।

गाडीमा इको, नर्मल, स्पोर्ट र स्नो गरी चार ड्राइभिङ मोड रहेको कम्पनीले जनाएको छ ।

आरामदायी अनुभव
पावर वितरणलाई अप्टिमाइज गर्दै सुरक्षित पर्फरमेन्स र आरामदायी ड्राइभिङको अनुभवका लागि गाडीमा उच्च प्रविधिको टीएसी (इन्टेलिजेन्ट टर्क अड्याप्टेसन कन्ट्रोल) रहेको छ ।

बीवाईडी सिलमा आरामदायक र सानदार अनुभव मिल्ने कम्पनीको दाबी छ ।

byd-(1)-1705822732.JPG
 

गाडीको अगाडिका सिटमा भेन्टिलेसन एवं तताउने र पछाडिका सिट आरामदायी अनुभवका लागि डिजाइन गरिएको छ ।

गाडीमा ‘ओभरसाइज पानोरामिक सनरुफ’ छ । उचित सुरक्षा र उत्कृष्ट ध्वनि, र तातो इन्सुलेसनका लागि गाडीको अगाडिका ढोकाहरू ल्यामिनेटेड ग्लासले डबल–ग्लेज्ड छन् ।

विशेष प्रविधि
गाडीमा टकरावको पूर्वानुमान र चेतावनी, स्वचालित आपतकालीन ब्रेकिङ, रियर क्रस ट्राफिक अलर्ट, रियर क्रस ट्राफिक ब्रेक, आपतकालीन लेन किप असिस्टेन्स, लेन प्रस्थान रोकथामलगायत विशेष र अत्याधुनिक प्रविधि छन् ।

यसबाहेक चालकको सहायतामा ब्लाइन्ड स्पट डिटेक्शन सिस्टम, ईएसपी, ट्र्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक भेहिकल होल्ड, इन्टेलिजेन्ट स्पीड लिमिट इन्फर्मेसन, र इन्टेलिजेन्ट स्पीड लिमिट कन्ट्रोल समावेश छ ।

सिलमा ५.६ इन्चको घुमाउन मिल्ने स्क्रिनमा इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल, १०.२५ इन्चको फुल इन्स्ट्रमेन्ट एलसीडी प्यानल, र एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितका एप छन् ।

प्रिमियम गुणस्तरको अवाजसहितको १२ स्पिकर डाइनाडियो पर्फरमेन्स अडियो प्रणाली र स्मार्टफोन वायरलेस चार्जिङ  सिलमा रहेको अर्को विशेष सुवधा भएको कम्पनीको दाबी छ ।

अत्याधुनिक लाइट टेक्नोलोजीले रातमा ड्राइभिङ गर्दा थप भिजिविलिटीमा मद्दत गर्न प्रकाशको फराकिलो किरण, उच्च बीम असिस्ट, एडप्टिभ फ्रन्ट हेडलाइटहरू र ’फलो मी होम’ जस्ता बहुउपयोगी सुविधा रहेको कम्पनीले जनाएको छ ।

यस्तो छ मूल्य
बीवाईडी सिल तीन फरक भेरियन्टमा उपलब्ध छ । ६१.४४ किलोवाटको ब्याट्री प्याक र ४६० किलोमिटर रेन्ज रहेको गाडीको मूल्य एक करोड पाँच लाख रुपैयाँ रहेको छ ।

यस्तै, ८२.५६ किलोवाटको ब्याट्री प्याक र ५७० किलोमिटर रेन्ज रहेको गाडीको मूल्य एक करोड ३९ लाख रुपैयाँ रहेको छ ।

८२.५६ किलोवाटको ब्याट्री प्याक र ५२० किलोमिटर रेन्ज रहेको गाडीको मूल्य एक करोड ८५ लाख रुपैयाँ रहेको छ ।

byd-seal-price-1705822732.JPG
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro