site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मालीसँग रोकिँदा ट्युनिसियाको नकआउट सम्भावना कमजोर

काठमाडौं । मालीसँग १–१ को बराबरीमा रोकिँदा अफ्रिका कप अफ नेसन्समा ट्युनिसियाको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

शनिबार आइभेरी कोस्ट अमाडोउ गोन कौलीबाली रंगशालामा सम्पन्न खेलमा १–० ले पछि परेको अवस्थामा हम्जा राफियाले गोल गर्दै ट्युनिसियाको सम्भावित हार टारेका थिए ।

खेलको १०औँ मिनेटमा लासिने सिनायोकोको गोलमा मालीले अग्रता बनाएको थियो । तर, त्यसको १० मिनेटपछि राफियाले गोल फकाउँदै ट्युनिसियालाई बराबरीमा ल्याएका थिए ।

यो नतिजासँगै दुई खेलबाट चार अंक जोडेको माली समूह ‘इ’ को शीर्ष स्थानमा छ । समान खेलबाट एक अंक जोडेको ट्युनिसिया भने तालिकाको तेस्रो स्थानमा छ ।

प्रतियोगिताअन्तर्गत शनिबार नै भएका अन्य खेलमा एन्गोलाले मौरिटानियालाई ३–२ ले हराउँदा अल्जेरिया र बुर्किना फासोले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro