site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अफवाह चिर्न विशेष टिम बनाउने एमाले खेलकुदको निर्णय
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)को जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेताविरुद्ध चलाइएको अफवाह चिर्न विशेष टिम बनाउने निर्णय गरेको छ ।

एमाले नेतृत्व र पार्टीमाथि सुनियोजित रूपमा आक्रमण गरिएको महासंघको निष्कर्ष छ । त्यसविरुद्ध रिनन पोखरेलको नेतृत्वमा पाँच हजार एक सदस्यीय विशेष समिति गठन गरिएको महासंघ केन्द्रीय कमिटीको दोस्रो बैठकका निर्णय सार्वजनिक गर्न शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

Dabur Nepal
NIC Asia

आउँदो निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने अभियानलाई सफल पार्न बैठकबाट सिंगो पार्टीपंक्तिको विशेष ध्यानाकर्षण गराइएको छ ।

बैठकबाट संगठन विस्तारको विशेष योजना पनि पारित गरिएको छ । आउँदो तीन वर्षभित्र डेढ लाख नयाँ सदस्यता वितरण गरिने महासंघले जनाएको छ ।

यस्तै, एक कमिटी एक खेलकुद गतिविधि सञ्चालन र एक सदस्य दुई नयाँ सदस्य वितरण अभियान अघि बढाउने निर्णय गरिएको छ ।

महासंघका हरेक कमिटीले एउटा खेलकुद कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक सदस्यले दुई नयाँ सदस्य बनाउने निर्णय बैठकबाट गरिएको अध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिए ।

उनले केन्द्रीय कमिटी बैठकको निर्णयानुसार नेपाल खेलकुद महासंघ अब सशक्त रूपमा संगठन सुदृढीकरण, शुद्धीकरण र विस्तारमा लाग्ने बताए । हिमालन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu