site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा गरियो पानी चरा गणना
Sarbottam CementSarbottam Cement

काठमाडौं । पानीमा आश्रित चराको गणना चितवनमा सकिएको छ ।

बसाइँसराइ गरी नेपाल आउने पानीमा आश्रित चराको राप्ती, नारायणी नदी र विभिन्न तालतलैयाहरूमा गणना गरिएको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टिकाराम गिरीले बताए । चराविज्ञको विभिन्न टोली बनाएर गणना गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यही जनवरी ७ देखि गरिएको गणनामा चितवनको पूर्वी क्षेत्रमा पानीमा आश्रित ५३ प्रजातिका चरा भेटिएको उनले जानकारी दिए । उनका अनुसार, पूर्वी चितवनको लोथरको गैडहवा जिन्दगानी घाटदेखि पटना तालसम्म चरा गणना गरिएको थियो ।

chara-chitwan3.jpg-1705752773.png
चितवन राष्ट्रिय निकुञ्जको कसरा पुलदेखि पश्चिम क्षेत्रमा ६१ प्रजातिका पानी चरा भेटिएको पश्चिम क्षेत्रका टोली प्रमुख मनीषकुमार लिम्बूले बताए । त्यसमध्य पानीहाँस चखेवाको संख्या सबैभन्दा धेरै पाइएको थियो । त्यहाँ पानीमा आश्रित करिब १४ हजार चरा भेटिएको उनको भनाइ छ ।

Global Ime bank

गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरा पूर्वी क्षेत्रमा देखिएको थियो ।

पानीमा आश्रित चराको गणना सन् १९८७ देखि नेपाललगायत दक्षिणपूर्व एसियाका ३५ देशमा प्रत्येक जनवरी महिनामा एकसाथ गरिँदै आएको छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement