देश

काठमाडौं । कञ्चनपुरमा खाजा पसलमा तास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित ओम नास्ता पसलबाट शुक्रबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा कञ्चनपुरकै बेदकोट नगरपालिका–९ का ३० वर्षीय गोपालबहादुर भण्डारीसहित पाँचजना रहेका प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ४४ हजार ९४ रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, माघ ६, २०८० १६:५६
प्रतिक्रिया दिनुहोस्