site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोनाभाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जन गरिँदै
फाइल तस्बिर ।

काठमाडौं । सरकारले कोरोनाभाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन (डिस्पोजल)को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोरोनाभाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको जानकारी दिए । “खोप प्रयोग नभएपछि म्याद सकिएको छ,” उनले भने, “धेरै मात्रा खोप भएकाले के कसरी विसर्जन गर्ने भन्ने विषयमा कार्यविधि बनाउँदै छौँ ।”

प्रवक्ता डा. बुढाथोकीका अनुसार खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको छ । बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भन्डारणमा खोप थन्किएका उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बुस्टर डोजका निम्ति प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त खोप नलगाउने निर्णय गरेको थियो । उक्त खोप चीन सरकारबाट अनुदानमा वि.सं. २०७८ वैशाख १२ गते ३४ लाख ४३ हजार ३६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६४० मात्रा नेपाल आएको थियो ।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बुस्टर डोजका निम्ति प्रयोग गर्न नमिल्ने तथा पहिलो र दोस्रो मात्रा खोप लगाउने मानिस नभएपछि सोको प्रयोग नभएको बताए । “कोरोना महामारीको बेला खोपको माग गरेर आएको हो । खोप नेपाल आउँदा धेरै मानिसले पहिलो र दोस्रो मात्रा लगाइसकेका थिए,” उनले भने, “खोपलाई डब्ल्यूएचओले बुस्टरका लागि प्रयोग गर्न नमिल्ने भनेपछि हामीले प्रयोग गर्न सकेनौँ ।”

बुस्टर डोजका निम्ति साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro