site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्राफिक प्रहरीको लापसे चेकिङ : नागढुंगाबाट एकैदिन ७ चालक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नागढुंगामा लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा सातजना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार गरिएको चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

ट्राफिक प्रहरीले बा २ ख ४० १७ नम्बरका माइक्रो चालक कास्कीको पोखरा महानगरपालिका–१७ का २४ वर्षीय मिलन गिरी, ग १ ख २९ ७३ नम्बरका माइक्रो चालक पोखरा महानगरपालिका–१ का ३५ वर्षीय मिनबहादुर तामाङ, बा ३ ख २१ ९५ नम्बरका माइक्रो चालक गोरखाका ३० वर्षीय हिमाल कोइरालालाई नियन्त्रणमा लिएको हो ।

यसैगरी, बा ५ ख २३७ नम्बरका बस चालक गोरखाको भीमसेनथापा गाउँपालिका–४ का २२ वर्षीय भुवन सुर्खेती, ना ७ ख १३ ८६ नम्बरका ट्रक चालक खोटाङ घर भएका ३२ वर्षीय कटक बहादुर मगर, लु २ ख ३३ ५२ नम्बरका ट्रक चालक पश्‍चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ का ३३ वर्षीय पवन थापा र ना ५ ख ७७ ७५ नम्बरका ट्रक चालक धादिङको धुनिबेसी नगरपालिका–८ का ३० वर्षीय प्रजय कार्की पनि ट्राफिक प्रहरीको नियन्त्रणमा छन् ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई प्रहरी वृत्त थानकोट पठाइएको छ ।

यात्रु बोक्नेजस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro