site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंकको ब्याज आम्दानीसँगै घट्यो नाफा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा नाफा घटेको हो ।

बैंकले पुस मसान्तसम्म ८० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब दुई करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरको थियो । गत वर्षको तुलनामा नाफा २१.४४६४ प्रतिशतले घटेको छ ।

बैंकले पुस मसान्तसम्म दुई अर्ब ६३ करोड ७४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिसम्म दुई अर्ब ७९ करोड २९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंकले ब्याज आम्दानी ५.५६४४ प्रतिशतले घटेको छ ।

बैंकको खराब कर्जा गत वर्ष १.४१ प्रतिशत थियो । तर, यो वर्षको सोही अवधिमा २.६२ प्रतिशत पुगेको छ । बैंकले पुस मसान्तसम्म एक खर्ब २९ अर्ब ९१ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको पुस मसान्तसम्म बैंकले एक खर्ब २६ अर्ब १३ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

त्यस्तै, पुससम्म एक खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने गत वर्षको सोही अवधिमा एक खर्ब ५३ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

हाल बैंकले चुक्तापुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro