site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विवाद समाधानका लागि चीनले मध्यस्थता गर्ने
Sarbottam CementSarbottam Cement

बेइजिङ । पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतंकवादी लडाकुलाई लक्षित गरी हाल भएका आक्रमणपछि बिहीबार मध्यस्थता गर्न इच्छुक रहेको चीनले बताएको छ । 

पाकिस्तानी क्षेत्रबाट बिहीबार भएको आक्रमणमा कम्तीमा सात इरानी सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भने, “दुवै पक्षले शान्ति र संयमता अपनाउनेछन् र तनाव बढ्नबाट जोगिनेछन् भन्ने चीनको पूर्ण विश्वास छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, “यदि दुवै पक्षले चाहेमा स्थितिलाई कम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पनि हामी तयार छौँ ।

आणविक शक्ति सम्पन्न पाकिस्तान र छिमेकी इरान दुवैले आफ्नो कम जनसंख्या भएको सीमा क्षेत्रमा अतिवादसँग जुधिरहेका छन् ।

Global Ime bank

बिहीबार पाकिस्तानले इरानमा रहेका लडाकु समूहमाथि आक्रमण गरेको बताएको थियो ।

तेहरानले कम्तीमा सातजनाको ज्यान जानेगरी भएको आक्रमणको जवाफमा पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएको जनाएको छ ।

दुवै देश बेइजिङका घनिष्ठ साझेदार र सांघाई कोअपरेसन अर्गनाइजेसनका सदस्य हुन् ।

इरान र पाकिस्तान चीनका मित्र राष्ट्र र महत्त्वपूर्ण प्रभाव भएका देश भएको भन्दै मध्यस्थताका लागि चीनको पहल रहने प्रवक्ता माओले दोहो¥याए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement