site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तेह्रथुम, बारा, रुपन्देही र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । 

तेह्रथुमको लालीगुराँस नगरपालिका–७ मा को.१ ख ५८२९ नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा सिन्धुपाल्चोक बस्ने २४ वर्षीय साजु श्रेष्ठ र झापाको मेचीनगर नगरपालिका–१५ मेचीनगर बस्ने २३ वर्षीय सुगम चौधरी छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य चौकी वसन्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरका चालकसहित तीनजनाको धरानमा उपचार भइरहेको जनाइएको छ । 

त्यस्तै, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ मा ना.६ ख ८९३७ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । परिचय नखुलेको अन्दाजी ३५ वर्षीय पुरूषको बुधबार बेलुकी मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

त्यसैगरी रूपन्देहीको मायादेवी गाउँपालिका–४, सेमरीमा लु.१ ख ६९६७ नम्बरको बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । 

भारत बिहार घर भई बेथरी जगदम्बा धागो कारखानामा काम गरी बस्ने रमेशकुमार साहकी छोरी चार वर्षीया प्रियलकुमारी साहको बुधबार साँझ मृत्यु भएको हो । 

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । 

मोरङको सुन्दरहरैचा नगरपालिका–८, पाथिभरा मन्दिर नजिकै प्रदेश १–०१–००१ च ९६३२ नम्बरको स्कारपियो र प्रदेश १–०२–०४६ प २५२ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर ठोक्किँदा युवकको मृत्यु भएको छ । 

गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक बेलबारी नगरपालिका–२ बस्ने २२ वर्षीय रूपक घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro