site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा इरानको आक्रमण, ‘गम्भीर बदला’ लिने चेतावनी

काठमाडौं । इरानले मंगलबार पाकिस्तानमा हवाई आक्रमण गरेको छ । आक्रमणमा दुई बालबालिकाको ज्यान गएको छ भने कम्तीमा चारजना घाइते भएका छन् ।

पाकिस्तानले आफ्नो भूमिमा इरानले गरेको आक्रमणको कडा निन्दा गर्दै बदला लिने चेतावनी दिएको छ।

इरानले पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको कोह–ए–सब्ज क्षेत्रमा सुन्नी लडाकु समूहको अड्डा लक्षित आक्रमण गरेको जनाइएको छ । 

जैश अल–अदलका दुई किल्ला ध्वस्त पार्न ‘सटीक मिसाइल र ड्रोन हमला’ गरेको इरानले जनाएको छ ।

सुन्नी लडाकु समूह जैश अल–अदल इरानमा जैश अल–धुल्म भनेर चिनिन्छ ।

इरानले सोमबार उत्तरी इराक र सिरियामा मिसाइल आक्रमण गरेपछि मंगलबार पाकिस्तानमा आक्रमण गरेको हो ।

इजरायलले गाजामा जारी राखेको युद्धले क्षेत्रीय द्वन्द्व बढाउने चिन्ताका बीच पाकिस्तानमा आक्रमण भएको हो ।

पाकिस्तानको विदेश मन्त्रालयले आफ्नो भूमिमा भएको आक्रमणमा ‘दुई निर्दोष बालबालिका’ मारिएको बताउँदै इरानलाई ‘गम्भीर बदला’को चेतावनी दिएको छ ।

‘इरानले पाकिस्तानी हवाई क्षेत्रको अप्रत्याशित उल्लंघन’ गरेको पाकिस्तानले जनाएको छ ।

पाकिस्तान र इरानबीच सञ्चारका धेरै माध्यम हुँदा हुँदै पनि गैरकानुनी कार्य हुनु चिन्ताजनक विषय भएको पाकिस्तानको भनाइ छ ।

इरानको रिभोलुसनरी गार्ड्सले आफ्ना लडाकुका छोराछोरी र पत्नी बस्ने दुई घर ध्वस्त पार्न ६ वटा ड्रोन आक्रमण र थुप्रै रकेट प्रयोग गरेको बताएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro