site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा वर्ष खेलाडी : विजेता मेसीले दिएका थिए हाल्यान्ड, एमबाप्पे र आल्भारेजलाई मत 

काठमाडौं । सोमबार लन्डनमा भएको फिफा ‘द वेस्ट’ अवार्ड समारोहमा अर्जेन्टिनी कप्तान लियोनल मेसी वर्ष खेलाडी चुनिए । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने यो अवार्ड तेस्रो पटक जित्ने क्रममा मेसीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हाल्यान्ड र पेरिस सेन्ट जर्मन (पीएसजी)का काइलियन एमबाप्पेलाई पछि पारे । 

Dabur Nepal
NIC Asia

विश्वभरका राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक सञ्चारमाध्यम र समर्थकको मतका आधारमा विजेता तय हुने यस अवार्डमा मेसी स्वयंले भने आफूलाई मत दिएनन् । ‘द वेस्ट’का लागि कुनै पनि देशको कप्तानले तीन खेलाडीलाई मत दिन पाउँछन् । जसमा पहिलोलाई पाँच, दोस्रोलाई तीन र तेस्रोलाई एक मत दिन पाइन्छ । यसमा मत दिने खेलाडीले आफैँलाई मत दिन पनि पाउँछन् । तर, मेसीले भने तीन मतमध्ये एक अंक पनि आफूलाई दिएनन् ।

मेसीले नर्वेका फरवार्ड हाल्यान्डलाई पाँच, फ्रेन्च स्टार एमबाप्पेलाई तीन र आफ्नै देशका सहकर्मी हुलियन आल्भारेजलाई एक अंक दिएका थिए ।

‘द वेस्ट’ का लागि मेसी र हाल्यान्डले समान ४८ स्कोर पाएका थिए । स्कोर बराबर भए पनि फिफाले राष्ट्रिय टिमका कप्तानले दिएको मतका आधारमा मेसीलाई विजेता चुनेको हो । मेसीले कप्तान र समर्थकबाट समान १३ अंक पाउँदा सञ्चारमाध्यम र प्रशिक्षकबाट समान ११ पाएका थिए । यता, दोस्रो स्थान हासिल गरेका हाल्यान्डले कप्तान र समर्थकबाट समान ११ अंक पाउँदा प्रशिक्षक र सञ्चारमाध्यमबाट १३–१३ अंक पाएका थिए ।

तेस्रो पटक अवार्ड जिते पनि समारोहमा भने मेसी उपस्थित थिएनन् । 

messi-1705395078.JPG
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro