site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा
फाइल तस्बिर ।

भरतपुर (चितवन) । नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् ।

यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनले पुलमा एक तह कालोपत्रको काम बाँकी रहे पनि गाडी गुड्न थालेको बताए ।

आचार्यका अनुसार सडकखण्डका १२ पुल सञ्चालनमा आइसकेका छन् । १९ पुलमध्ये पहिलो चरणमा चार पुल निर्माण भएका हुन् । पछिल्लो प्याकेजका १५ पुलमध्ये आठवटा पुल निर्माण सम्पन्न भएका छन् । थप चार पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने आचार्यले जानकारी दिए ।

सडकखण्डको भरतपुर महानगरपालिकामा रहेका सबै पुल चैतभित्र निर्माण सम्पन्न हुनेछन् । यो प्याकेजको अन्तिम म्याद चैत मसान्तसम्म रहेको आयोजना इन्जिनियर विजय दराईले जानकारी दिए । आठ पुलमध्ये तीन पुल निर्माणको काम बाँकी छ । जुगेडी, खहरे र सिमलतालको पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने दराईले बताए ।

इच्छाकामनातर्फको पुल निर्माणका लागि एक वर्षको म्याद छ । सात पुलमध्ये दुई पुल सञ्चालनमा आइसकेका छन् । दुई पुलबाहेक सबै असारसम्ममा निर्माण सम्पन्न हुने गरी काम भइरहेको दराईले बताए ।

खहरे खोलाको पुल निर्माणको काम भइरहेको छभने तुइन खोलामा अहिले पुल निर्माणका लागि दिउँसोको समयमा सडक बन्द गरेर पहाड फोर्ने काम भइरहेको छ । अहिलेसम्म १५ मिटर पहाड काटिसकिएको छ । थपिएको समयमा अधिकांश काम सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ । 

यस सडकखण्डमा २०७६ साल चैतदेखि १५ पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सनले लिएको थियो ।  विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएका हुन् । यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी साधन आवागमन हुने गर्छ ।

तराईबाट राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडक हो । केही वर्षअघि सडक विस्तार गरिएपछि पुल फराकिलो बनाइएको हो । रासस

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro