अर्थ व्यवसाय
काठमाडौं । लगातार सेयर बजार बढ्दै जाँदा कारोबार रकम पनि बढ्दै गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार दिउँसो १२ः३३ बजेसम्म बजार ४०.३५ अंकले बढेको छ । सो समयमा तीन अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।
नेप्सेका अनुसार साढे एक घण्टाको अवधिमा ९१ लाख ३० हजार २६२ कित्ता सेयर तीन अर्ब ६ करोड रुपैयाँमा कारोबार भएको छ ।
उक्त अवधिसम्म २१५ कम्पनीको सेयर मूल्य बढेको छ भने २७ कम्पनीको घटेको छ । बाँकी चार कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रकाशित मिति: मंगलबार, माघ २, २०८० १२:४७
प्रतिक्रिया दिनुहोस्