site stats
बाह्रखरी :: Baahrakhari
देश
डलर देखाई ३० लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । डलर देखाई रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका–३ दुवाकोट बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय ताराबहादुर तामाङलाई पक्राउ परेका हुन् । 

नवलपरासीपूर्व गैँडाकोट नगरपालिका–३ ढोडेनीका विभिन्न व्यक्तिहरूलाई सस्तो दरमा अमेरिकन डलर मिलाइदिने भन्दै तामाङले डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिएर ३० लाख रुपैयाँ लिएर ठगेको प्रहरीले जनाएको छ । 

Argakhachi Cement Island Ad

ताराबहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–३ दुवाकोटबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व पठाइएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्