site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
टुँडिखेलमा भीड अनियन्त्रित, आठजना घाइते
थारु समुदायले माघी गीत गाएर बाजागाजाका साथ नृत्यसहित वसन्तपुरमा निकालेको र्‍यालीको दृश्य ।

काठमाडौं । काठमाडौंको टुँडिखेलमा माघी पर्व मनाउन पुगेका मानिसको भीड अनियन्त्रित भएको छ । सोमबार मगर समुदायको माघे संक्रान्ति र थारु जातिको माघी पर्व मनाउन टुँडिखेल पुगेकाको भीड अनियन्त्रित भएको हो ।

त्यसक्रममा भागदौड हुँदा आठजना घाइते भएका छन् । उनीहरू टुँडिखेलबाट बाहिरिने क्रममा भागदौड भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बाह्रखरीलाई जानकारी दिए ।

उनका अनुसार, राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । भागदौड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।

सोमबार टुँडिखेलमा मगर र थारु समुदायले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro