राजनीति
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।
बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन र समसामयिक विषयमा छलफल गरिने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा एकीकृत समाजवादीले सत्ता गठबन्धनका तर्फबाट दुई उमेदवार उठाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १, २०८० १४:२७
प्रतिक्रिया दिनुहोस्