site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गौशाला–२६ द्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं । जबरजस्ती करणीमा परेकी युवती ‘गौशाला २६’ले व्यक्तिगत गोपनीयता भंग गरेको भन्दै नाम र तस्बिर सार्वजनिक गर्नेविरुद्ध नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा आज उजुरी र्दिएकी छन् । 

ब्युरोका प्रवक्ता पशुपतिकुमार रायले व्यक्तिगत गोपनीयता भंग गरेको आरोपमा जाहेरी परेको र अनुसन्धान सुरु गरिएको जानकारी दिए । गौशाला– २६ बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित युवती हुन् ।

Dabur Nepal
NIC Asia

काठमाडौं जिल्ला अदालतले बुधबार लामिछानेलाई उक्त मुद्दामा आठ वर्ष कैद र जरिबाना र क्षतिपूर्तिस्वरुप पाँच लाख तिर्नुपर्ने फैसला गरेको थियो । 

तस्बिर सार्वजनिक गर्ने दिवस सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवास नेपाली विभाग जापान च्युबू शाखा समितिका सदस्य हुन् । पीडित युवतीको पहिचान सार्वजनिक गरेको भन्दै रास्वपाले सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरिसकेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro